प्रतिबन्धित क्षेत्रमा लुम्बिनी प्रदेशको राजधानी
प्रतिबन्धित क्षेत्रमा लुम्बिनी प्रदेशको राजधानी ! गढवा ‘जैविक मार्ग’ र राप्तीको उत्तरी भाग ‘बोटल नेक’ एरिया मंगलवार, आश्विन २०, २०७७ नारायण पराजुली बुटवल–प्रदेश सरकारको प्रस्तावमा प्रदेश सभाको दुईतिहाई मतले प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङ, प्युठान र अर्घाखाँचीको संगमस्थल भालुबाङ क्षेत्रमा राख्ने टुंगो लगाएको छ। प्रदेश सरकारले स्थायी राजधानीका लागि टुंगो लगाएको दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका क्षेत्र सरकारले संरक्षण गर्ने प्रतिबद्धता जनाएको जैविकमार्ग र बोटल नेक (साँघुरो घाँटी) क्षेत्रभित्र पर्ने विज्ञहरुले बताएका छन्। यी क्षेत्रहरुलाई सरकारले विश्व वन्यजन्तु कोषसँगको सहकार्यमा सन् २००१ देखि संरक्षण गर्दै आएको छ। सुदुरपश्चिम प्रदेश सरकारले स्थायी राजधानीका लागि घोषणा गरेको गोदावरी क्षेत्र पनि जैविक मार्गमा पर्ने भएकाले त्यहाँ भौतिक पूर्वाधार निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन। वातावरणविद्हरुको विरोधका कारण त्यहाँ घोषणा गरिएको स्थायी राजधानी अलपत्र परेको हो। ठ्याक्कै त्यही शैलीमा प्रदेश नं ५ सरकारले पनि गहन अध्ययनविना राप्ती गाउँपालिका र गढवा गा...