Posts

Showing posts from March, 2021

१ लाख तिरे गौतमबुद्ध रंगशालाको कुर्सीमा नाम

Image
  १ लाख तिरे गौतमबुद्ध रंगशालाको कुर्सीमा नाम २०७७ फागुन १७ गते १६:५१ मा प्रकाशित  नारायण पराजुली  प्रतिक्रिया १७ फागुन,  नारायण पराजुली धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सर्वसाधारणले कुर्सीमा नाम लेखाउन पाउने भएका छन् । फाउण्डेसनले सोमबार पत्रकार सम्मेलन गर्दै ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ नामक अभियानको थालनी गर्दै रंगशालाको प्यारापिटमा आफ्नो र आफ्नो परिवारको नाममा कुर्सी राख्न पाउने जानकारी दिएको छ । कसैले आफू वा आफ्नो परिवारका सदस्यको नाम कुनै कुर्सीमा लेखाउन चाहे फाउण्डेसनलाई १ लाख रुपैयाँ सहयोग गर्नुपर्नेछ । रंगशालामा ७ वटा प्रदेश र ७७ वटै जिल्लाको पहिचान झल्किने गरी छुट्टाछुट्टै कक्षहरु निर्माण गरिनेछ । ‘हाम्रो रंगशाला मेरो कुर्सी’ मा जोडिने दाताले आफ्नो जिल्ला अन्तर्गत रहेको सिट लिन सक्ने व्यवस्था फाउन्डेसनले बताएको छ । यस अभियानबारे विस्तृत जानकारी मोबाइल एप्स, फेसबुक र अन्य सञ्चार माध्यमबाट एक महिनाभित्र सार्वजनिक गरिने फाउण्डेसनले जनाएको छ । पछिल्लो समय रंगशाला निर्माणका लागि...