Posts

Showing posts from December, 2020

३५ वर्षको उतारचढावपछि दाहाल-नेपाल : एउटै पार्टी, समान हैसियत

Image
  ११ पुस २०७७ शनिबार Saturday, December 26, 2020 समाचार ३५ वर्षको उतारचढावपछि दाहाल-नेपाल : एउटै पार्टी, समान हैसियत SHARES   पुस ११, २०७७ नारायण पराजुली ७० वर्षे नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक एकता भनिएको जेठ ३ को उपलब्धि गुमिरहेका बेला संघर्षका यी सारथिद्वयले माइतीघरको चिसो भुइँमा बसेर भन्नुपरेको छ, ‘हामी यहाँ छौं ।’ काठमाडौँ — ५० को दशकदेखि नै अनेकखाले आन्दोलनको रापतापले भरिभराउ हुने सडक २०७४ को प्रतिनिधिसभा चुनावयता सुनसानजस्तै थियो । बेलाबखत सडकमा उत्रिने किसान र विभिन्न पेसाकर्मीको आन्दोलनको आकार ठीकठीकै हुन्थ्यो तर शुक्रबार नेकपाको एउटा समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालसहित नेता–कार्यकर्ता माइतीघरको चिसो भुइँमा टुसुक्क बसेर सडक संघर्षको सुरुवात गरेपछि आन्दोलनको माहोल विस्तारै गर्माउन थालेको छ । नागरिकको दैनन्दिन फेरि अप्ठ्यारोमा पर्ने निश्चितजस्तै छ । संघीयता र गणतन्त्रका लागि एउटै मोर्चामा बसेर संघर्ष गरेका नेकपाका नेता–कार्यकर्ता सरकार र सडकमा बाँडिएका छन् । करिब ३५ वर्ष लामो चिनजान र उतारचढावपूर्ण सम्बन्धलाई जबर्जस्त मित्रतामा बदलेर दाहाल र नेपाल आ...

जन्मदिनको लाखौं लाख शुभकामना, अम्बिका पराजुली

Image
जन्मदिनको लाखौं  लाख शुभकामना🎁🎁🎁 बहिनी जन्म उत्सवको सुअवसरमा सुस्वास्थ्य ,दिर्घायु ,खुशी -सुखी , समृद्धि र सन्तोष सदैव मिलिरहोस् सधैभरी खुशी देख्न पाईयोस् ओठमा सधै मुस्कान देख्न पाइयोस। 🎂🎂🎂

बेलायतमा व्यापक फैलिएको यो नयाँ कोरोना भाइरसलाई खोपले कत्तिको काम गर्छ ?

Image
  चाँडो फैलिने नयाँ कोरोना भाइरस बे लायतमा व्यापक फैलिएको यो भाइ रसलाई खोपले कत्तिको काम गर्छ? नारायण पराजुली बुटवल पुस ८ प्रतीकात्मक तस्बिर लामो समयको अन्यौलपछि पछिल्लो साता जब धमाधम वितरित खोपले महामारीविरुद्ध आशाका किरणहरू जगाउँदै थियो, त्यतिबेलै युरोपतिरबाट चिन्ताजनक समाचार पनि आउन थाल्यो। गत सप्ताहान्तमै बेलायतका अधिकारीहरूले उक्त मुलुकमा अझ बढी संक्रामक प्रवृत्तिको कोरोना भाइरसको नयाँ प्रजाति भेटिएको जानकारीका साथ खतराका घन्टी बजाउन सुरू गरे।  लन्डन सहर र त्यसआसपासका क्षेत्रमा यो भाइरस तीव्र विस्तार भएको जानकारीका साथ प्रधानमन्त्री बोरिस जोन्सनले गत मार्चयताकै सबभन्दा कडा लकडाउन घोषणा गरे। 'भाइरसले जब उसको आक्रमणको तौरतरिका बदल्छ, त्यतिखेर हामीले पनि रक्षात्मक उपायमा फेरबदल गर्नैपर्छ,' ' प्रधानमन्त्री जोन्सनको भनाइ थियो। आवतजावतमा कडाइ थाल्नेबित्तिकै लन्डनको रेलवे स्टेसनमा एकाएक भीड लाग्न सुरू भएको थियो। उनीहरू सबै सहरबाट निस्केर बाहिर जान चाहन्थे। त्यसैगरी यो नयाँ प्रजातिको भाइरस संक्रमण नियन्त्रण गर्न सकिएला कि भन्ने आशाले युरोपका अन्य मुलुकले आ–आफ्ना सीमानाकामा ब...

एकता नटु‌गिँदै टुक्रियो नेकपा : दुवै

Image
  एकता नटु‌ंगिँदै टुक्रियो नेकपा : दुवै पक्षद्वारा मूल पार्टी आफ्नो भएको दाबी SHARES   पुस ८, २०७७ नारायण पराजुली ओली पक्ष बैठक- ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन, श्रेष्ठलाई हटाएर ज्ञवाली प्रवक्ता दाहाल–नेपाल पक्ष बैठक- ओलीलाई हटाएर उनको ठाउँमा नेपाल अध्यक्ष, दुवै अध्यक्षको वरीयता समान काठमाडौँ — शीर्ष नेताहरुको व्यक्तित्वको टकराव, कार्यशैलीगत मतभिन्नता र पदीय आकांक्षाको अभिलाषा पूरा नहुँदा साढे दुई वर्षअघि एकीकृत नेकपा मंगलबारबाट स्पष्ट रुपमा दुई टुक्रा भएको छ । स्थिर सरकार बनाउने वाचासहित २०७४ सालको चुनावबाट अत्यधिक मत पाएका तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा एकताको कामसमेत नसकिँदै फुटेको हो । ओली समूहले मंगलबार बालुवाटारमा केन्द्रीय सदस्यहरुको भेला गरेर आफ्नो समूह आधिकारिक भएको दाबी गरेको छ । दाहाल–नेपाल समूहले अध्यक्षसमेत रहेका ओलीलाई कारबाही गर्दै बहुमत सदस्य आफ्नो पक्षमा रहेकाले मूलधार भएको जिकिर गरेको छ । अब दुवै पक्षबाट निर्वाचन आयोगमा परेको आधिकारिकता–दाबीको निरुपण नहुँदासम्म ओली र दाहाल–नेपाल नेतृत्वका दुइटा नेकपा पार्टी रहनेछन् । ओली पक्ष ...