नारायण पराजुली
गुल्मीमा प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता देखीएको छ ।

जिल्लाको एक स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता देखिएको भन्दै स्थानीय युवाहरुले यसबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नं.५ छापहिलेमा हुदा खाने भन्दा हुनेखानेहरु नै प्रधानमन्त्री रोजगारमा समेटिएकोले यसबारे सत्यतथ्य बुझ्न मौखिक रुपमा वडा कार्यालय लाई माग गरिएको स्थानीय केशव आचार्य ले जानकारी दिए ।


छापहिले बाट रोजगार कार्यक्रममा समेटिएका ३१ जना मध्ये अधिकांश मापदण्ड बिपरित छन् । यसै विषयलाई स्थानीय युवाहरुले मापदण्ड बिपरित गर्न नहुने भन्दै वडा कार्यालय लाई ध्यानाकर्षण समेत गराएका छन् । यस विषयलाई मालिका गाउँपालिकाका रोजगार संयोजक खेमराज गैरेले आफै वडामा गएर बुझ्ने र मापदण्ड बिपरित भएमा सच्याउने बताएका छन् ।

वडाध्यक्ष श्यामलाल गिरीले जो अति गरीब छु भनेर फारम भरेको थिए उनैले रोजगार पाएको बताएका छन् ।
स्थानीय युवा मनिष गिरीले वडाध्यक्षलाई “तपाईं निर्वाचित भएको तीन वर्ष पुरा भयो तर अहिले सम्म कुनैपनी उल्लेखनीय काम गर्न सक्नुभएन, कतै तपाईं माथी राजनीतिक हस्तक्षेप त भएन?” भन्दै प्रश्न गर्दा वडाध्यक्ष गिरीले आफूमाथी राजनीतिक रुपमा दबाब नआएपनी आफूले त्यस्तो उदाहरणीय काम गर्न नसकेको स्वीकारेका छन् ।


विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) बाट आफू पनि बचौं अरुलाइ पनि बचाऔं भन्दै स्थानीय युवाहरुले सामाजिक दुरी कायम गरि वडा कार्यालयमा अरु थुप्रै विषयमा पनि छलफल गरेका थिए । गुल्मीसंग सिधा सम्पर्क भएको रुपन्देहीमा कोरोना संक्रमित भेटिँदा पनि थुप्रैको संख्यामा रुपन्देही बाट छापहिले आउँदा कसैलाई पनि वडा कार्यालयले क्वारेन्टाइन मा नराखेको आपत्ति जनाउँदै कोरोना भाइरस आगो जस्तै फैलिन सक्ने भएकाले पछिल्लो समयमा वडामा भित्रिएका सबै नागरिक लाई क्वारेन्टाइनमा राख्नुपर्ने भन्दै स्थानीय युवा तुल्सीराम अर्यालले सुझाव दिएका छन् । स्थानीय युवाहरूले कोरोना संगै वडामा भएका थुप्रै गतिविधिहरुमा आफू जानकार नभएको भन्दै चासो ब्याक्त गरेका थिए । वडा कार्यालयमा सूचना पाटी समेत नरहेको यो सूचना प्रबिधि को युगमा वडाका अधिकांश नागरिक सूचनाको हकबाट बञ्चित रहेको ले वडाले सामाजिक सञ्जाल मार्फत सबै सूचना नागरिक सम्म पुर्‍याउनको लागि रेशम गिरी ले अनुरोध समेत गरेका थिए ।


वडा कार्यालयले कोरोना भाइरस बाट बच्न वडाका सबै नाकामा केहि समय अघि स्वंमसेवक राखेको तर पछिल्लो समय कोरोना संक्रमित बढिरहेका बेला सिमा नाका खुलेयाम छोडेको, बाहिर बाट आउने नागरिक लाई क्वारेन्टाइन मा नराखेको, निस्ती खोलाको बालुवा उत्खनन अबैध रुपमा भएको, वडामा अधिकांश योजनामा पारदर्शीता नभइ राजनैतिक रुपमा भागबण्डा भएको र वडाका काममा पारदर्शीता नभएको भन्दै स्थानीय युवाहरुले यसबारे चासो व्याक्त गरेका हुन् । यसबारे वडाध्यक्ष श्यामलाल गिरी ले अब देखि यस्तो नहुने प्रतिबद्धता जाहेर गरेका छन् । वडा कार्यालयले केहि दिन भित्र युवाहरुको मागलाई सम्बोधन नगरे युवाहरुले वडा कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन् ।

Comments

Popular posts from this blog

खगेन्द्र बराल धेरै धेरै आशिर्वाद असीमित शुभकामना 😘😘 🎂🎂❤️❤️

दम रोगको घरेलु रोकथामका उपाय

जन्मदिनको लाखौं लाख शुभकामना, अम्बिका पराजुली