
राज चेम्जोङ राई
नेपाल सरकार प्रति मेरो प्रश्न र विशेष माथिल्लो आेहोदामा बस्नु हुने तमाम माननीय ज्युहरु र प्रम ज्यु नेपाल सरकारले नेपालमा रहेको पिडित नागरिक जनताहरुलाई त राम्रो ब्यबस्थापन गर्न सकेन न त सुरक्षित नै छन। क्वारेन्टाइन तथा आइसोलेशनमा बस्ने पनि असुरक्षित छन। राम्रो ब्यबस्था छैन। कतिपय खान नपाएर मरेको छन आत्महत्या गरेका छन। के त्यो सबेै covid-19 कै कारण मरे होला त। यो त उदाहरण मात्र हो। यस्तो कति छन कति र अर्को कुरा बिदेशमा रहेको पिडित नेपाली नागरिकहरुलाई स्वदेशमा फिर्ता लाने कुरा हामीले यहाँ खाडीमा दुख गर्न आउदा पनि नेपाल सरकारलाई बैधानिक रुपमा श्रमको पैसा बुझाएर आएको छोै। यहाँ आएर पनि हामीले 20/30 हजार कमाउछोै। तिनै रगत पसिनाले कमाएको पैसा रेमिट्यान्स मार्फत नेपाल पठाएको छोै। त्यो रेमिट्यान्सबाट आएको पैसा सरकारी कर्मचारीले नै खानु हुन्छ। त्यसमा रगत पसिनाको गन्ध आयो कि आएन। यदि छैन भने सुघ्नुस एकपल्ट खाडीबाट आएको पसिनाको मुल्य र आज तिनै नेपाली खाडीमा अलपत्र हुदा उद्दार गर्नु पर्छ कि पर्दैन। कि उद्दारको नाम नेपाल सरकार जाने आफै हो। र किन तोकियो। हवाई भाडा 590 देखि 770 डलर सम्म के यो सामान्य मजदुरले यो टिकटको लागि तिर्न सक्ने सामार्थ छ त। याद रहोस नेपाल सरकार राहत र सहयोगको नाममा 10 अर्ब खर्च देखाएर कुन पिडितले पाएका छन। राहत सकिन्छ पारदर्शी हिसाबले पिडित नागरिकहरुले पाएको हुनु पर्छ। र अर्को नेपाल सरकारले प्रथम महिला राष्टपति पायो त्यसमा म पनि एकदमै खुशी थिए। दुनिया सँगै काम गर्ने बिदेशी साथीहरुलाई समेत सुनाइयो हाम्रो देशमा महिला राष्टपति भए भनेर तर आज हाम्रै देशको स्थिति र समस्या देख्दा नभएको नै ठिक रहेछ जस्तो लाग्छ। किनकी अहिले विश्व र नेपाल अहिलेको यो महामारी संकटकालमा आफनो इच्छा मात्र पूरा गर्दै बस्ने के सोख यही थियो। तिनै खर्च आज गरिब पिडित जनताहरुले राहत स्वरूप पाएको भए सायद आज हरेक नेपाली जनताले साच्चिकै प्रथम महिला राष्टपति भएको महसुस गर्ने थियो। त्यसैले नेपाल सरकारलाई म यो पनि भन्छु अहिलेको यो महामारी COVID - 19 भाइरस भन्दा पनि १०० गुणा खतरा भ्रष्टचार हुन्छ। हाम्रै नेपालमा भोली यो बढेर बिश्वको नम्बर एकमा नआआेस भ्रष्टचारी देशले नचिनियोस सरकार जय नेपाल🙏🇳🇵🇳🇵🇳🇵
Comments
Post a Comment