#गजल
नारायण पराजुली
(पुरानो गजल केही थप घट गरेकोछु)

आसारको हिलो अनि आलि संग साईनो गासे
दहिचिउराले भरिएको थाली संग साईनो गासे

किसानत हु हेतु लिई मानो रोपि मुरी फलाउने
होहो तारे झिल्के भन्दै फाली संग साईनो गासे

घन्काउदै असारे गित रन्काउदै यो फाटै भरि
नौमती बाजा बजाई ताली संग साईनो गासे

छङछङ बग्ने खोलानाला झमझम बर्खे झरि
छेउ कुना बिराउदै कोदाली संग साईनो गासे

छुपु छुपु रोप्दैमा धान रमाईलो त्यो पल अनि
छ्याप्दै हिलोखेल्दै गर्दा साली संग साईनो गासे

Comments

Popular posts from this blog

खगेन्द्र बराल धेरै धेरै आशिर्वाद असीमित शुभकामना 😘😘 🎂🎂❤️❤️

दम रोगको घरेलु रोकथामका उपाय

जन्मदिनको लाखौं लाख शुभकामना, अम्बिका पराजुली