बुटवलमा गोली चल्यो, खाग तस्कर घाइते

 

बुटवलमा गोली चल्यो, खाग तस्कर घाइते

बुटवलमा गोली चल्यो, खाग तस्कर घाइते

बुटवल, मंसिर २१। बुटवलको मिलनचोकमा आइतबार बिहान गोली चलेको छ । बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित कलस होटलमा गोली चलेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । गैंडाको खाग तस्करहरूसँग रहेको आशंकामा प्रहरीले होटेलमा खानतलासी गरेको थियो । तस्करीमा संम्लग्नहरु बसेको सुचनाका आधारमा पुगेको प्रहरी टोलीलाई खाग तस्करले प्रहरीको पेस्तोल खोसेर गोली चलाउँदा तस्करीमा संम्लग्ननै घाइते भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताए । 
पेस्तोल खोसिएका प्रहरी भने सकुशल रहेका छन् । गैंडाको खाग भने प्रहरीले नियन्त्रणमा लिएको छ। घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । उनलाई चिउडोमा गोली लागेको छ । प्रहरीले तस्कर समूहका चारमध्ये सुर्खेत घर भएका भक्तबहादुर थापा र जाजरकोट घर भएका कर्णबहादुर रावतलाई नियन्त्रणमा लिएको छ भने एकजना फरार रहेको बताइएको छ ।

Comments

Popular posts from this blog

खगेन्द्र बराल धेरै धेरै आशिर्वाद असीमित शुभकामना 😘😘 🎂🎂❤️❤️

दम रोगको घरेलु रोकथामका उपाय

जन्मदिनको लाखौं लाख शुभकामना, अम्बिका पराजुली