बुटवल–बेलहिया ब्यापारिक मार्ग विस्तार आयोजनाले चौराह–चिडियाखोला सडक सीमाभित्र पर्ने मापदण्ड बिपरितका घरमा डोजर चलाएको छ ।
चौराह–चिडियाखोला सडक सीमाभित्रका घरमा डोजर चलाइयो

नारायण पराजुली
बुटवल–बेलहिया ब्यापारिक मार्ग विस्तार आयोजनाले चौराह–चिडियाखोला सडक सीमाभित्र पर्ने मापदण्ड बिपरितका घरमा डोजर चलाएको छ ।
आयोजनाले गएको शुक्रबार २४ घण्टे सुचना जारी गर्दै घरधनीहरुलाई आफैं घर भत्काउन निर्देशन जारी गरेको थियाे। सूचनाअनुसार घरधनीले घर नभत्काएपछि आज विहानै आयोजनाले ट्रफिक चोकमा रहेका १२ वटा घरमा डोजर चलाएको हो ।
सर्बोच्च अदालतका न्यायधिसद्वय सपना प्रधान मल्ल र डा. मनोज कुमार शर्माको संयुक्त ईजलासले यसअघिको सर्बोच्चको अल्पकालिन आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गरेसँगै आयोजनालाई बाटो सडक विस्तार गर्ने बाटो खुलेको थियो ।
आयोजना प्रमुख जयलाल मरासिनीले सूचना जारी गर्दापनि केही घरधनीहरुले भत्काउन नमानेपछि आयोजनाले नै डोजर चलाएको बताए । आइतबार एकाविहानै आयोजनाले आफ्ना घरहरुमाथि डोजर चलाएपछि घरधनीहरु निकै आक्रोसित देखिन्थे ।
तस्बिर: नारायण पराजुली (𝙣𝙥𝙣𝙚𝙬𝙨.𝙘𝙤𝙢)